- यसैबीच, अरब लिगले लेबनानमाथि भएका इजरायली आक्रमणको निन्दा गरेको छ । अरब लिगका अनुसार पछिल्लो दिन भएका आक्रमणमा ११ जनाको मृत्यु भएको छ । घटनापछि क्षेत्रमा तनाव खतरनाक रूपमा बढ्दै गएको लिगले जनाएको छ ।
काठमाडौँ: इजरायली सेनाले हिजबुल्लाहको ‘बद्र इकाइ’का वरिष्ठ कमान्डर अबु हसन अलालाई मारिएको दाबी गरेको छ ।
इजरायली सेनाले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहले इजरायली सैनिकविरुद्ध गर्दै आएका गतिविधिको जवाफमा कारबाही गरिएको जनाएको छ ।
सेनाका अनुसार हसन अला इजरायली सैनिकविरुद्धका विभिन्न आक्रमणको योजना बनाउने र कार्यान्वयनमा संलग्न थिए । उनले दक्षिणी लेबनानमा इजरायली सैनिकतर्फ विस्फोटक पदार्थ बोकेका मानवरहित विमान पठाउने गतिविधिमा समेत भूमिका खेलेको सेनाको दाबी छ ।
यसैबीच, अरब लिगले लेबनानमाथि भएका इजरायली आक्रमणको निन्दा गरेको छ । अरब लिगका अनुसार पछिल्लो दिन भएका आक्रमणमा ११ जनाको मृत्यु भएको छ । घटनापछि क्षेत्रमा तनाव खतरनाक रूपमा बढ्दै गएको लिगले जनाएको छ ।
अरब लिगले यस्ता आक्रमणले द्वन्द्व अन्त्य गर्ने तथा समाधान खोज्ने प्रयासमा असर पार्न सक्ने चेतावनी दिएको छ । अरब लिगका प्रवक्ताले इजरायलका नीति र गतिविधिले कब्जाको नीति अपनाउने पक्ष द्वन्द्वलाई लामो समयसम्म जारी राख्न, वार्तामा अवरोध पुर्याउन र भूमिमा नयाँ अवस्था थोपर्न चाहेको देखिएको आरोप लगाए । यस्ता प्रयास पूर्ण रूपमा अस्वीकार्य र निन्दनीय रहेको अरब लिगले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।